वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–३१ बानेश्वरस्थित बासुकी मार्गबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्यूरोले धनकुटा जिल्ला पाख्रीबास नगरपालिक–५ बस्ने ३१ वर्षका डिल्लीबहादुर कटुवाल र झापा जिल्ला भद्रपुर नगरपालिका–२ बस्ने ३० वर्षका शैलेस थापा मगरलाई पक्राउ गरिएको हो ।
उनीहरुबाट करिब ३०.१५ ग्राम, गाँजा तीन पोका , ब्राउन सुगर जोख्न प्रयोग भएको तराजु १ थान , मोबाइल ३ थान तथा मोटरसाइकलसहित नियन्त्रणमा लिएको शसस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार बासुकी मार्गको एक घरबाट उल्लेखित लागुपदार्थ बिक्री वितरण गर्दै गरेको अबस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
उक्त लागुपदार्थ सिरहाको गोलबजारबाट ल्याइ बिक्री गर्ने गरेको बुझिएको छ । नियन्त्रणमा लिइएका हरुलार्इ बरामद सामानसहित थप कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा अघि बढाइएको डीएसपी थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij