Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपचारका क्रममा कैदीको मृत्यु, वीरगञ्जमा प्रदर्शन

उपचारका क्रममा कैदीको मृत्यु, वीरगञ्जमा प्रदर्शन

  • 116
    SHARES
  • उपचारका क्रममा कैदीको मृत्यु, वीरगञ्जमा प्रदर्शन

    रौतहट । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।

    २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार  कारागारमा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलाका राहुल साह तुराहाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    कारागार प्रशासनका अनुसार बिहान कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल नारायणी अस्पताल लगिएको थियो ।

    नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार तुहारालाई मंगलबार बिहान ८ः५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०ः३० बजे  मृत्यु भएको हो ।

    मृतकका आफन्तले अस्पतालको लापरवाही र सही समयमा उचित उपचार नपाएका कारण राहुलको ज्यान गएको आरोप लगाएको छ ।

    अस्पताल प्रशासन विरुद्ध मृतकका आफन्तले नारायणी अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । यस विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्तलाई पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले बताए ।

    मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # वीरगञ्ज

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij