Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फर्किँदै

भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फर्किँदै

  • 127
    SHARES
  • भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फर्किँदै

    काठमाडौं ।  भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज(सोमबार)स्वदेश फर्किँदै छिन् ।

    नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति भो थि आन सुआन सोमबार (आज) ११ बजे राति स्वदेश फर्किँदै छिन् । उनलाई पर्यटनमन्त्री बन्द्रीप्रसाद पाण्डेले विदाइ गर्ने कार्यक्रम छ ।

    उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता समेत गरेकी छन् ।

    यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # भियतनाम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij