वेबटिभी खबर
काठमाडौं । काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूका उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij