Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच वार्ता, भारतको सहयोग जारी रहने

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच वार्ता, भारतको सहयोग जारी रहने

  • 57
    SHARES
  • प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच वार्ता, भारतको सहयोग जारी रहने

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् । बिहीबार भएको फोनवार्तामा प्रधानमन्त्री मोदीले शान्ति र स्थिरता पुनस्थापित गर्न प्रधानमन्त्री कार्कीले गरेको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताए ।

    वर्ता पश्चात सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मोदीले असोज ३ गते भोली रहेको राष्ट्रिय दिवसको शुभकामना समेत दिए । ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो । हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनस्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें । साथै, मैले भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरे,’उनले लेखेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij