वेबटिभी खबर
काठमाडाैं । यस वर्ष पनि विगतमा झैँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम भएको थियो ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन्।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो।
मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।














Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij