Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रियल मड्रिडका नयाँ खेलाडी अलाबालाई कोरोना

रियल मड्रिडका नयाँ खेलाडी अलाबालाई कोरोना

  • श्रावण १४, २०७८ बिहिवार ०९:२७ बजे
  • 429
    SHARES
  • रियल मड्रिडका नयाँ खेलाडी अलाबालाई कोरोना

    एजेन्सी – रियल मड्रिडका नयाँ खेलाडी डेभिड अलाबालाई कोरोना संक्रमण पुष्टि भएको छ । अलाबालाई कोरोना संक्रमण भएको क्लबले पुष्टि गरेको हो। 

    अष्ट्रियन डिफेन्डरले रियलको प्रशिक्षण मैदान भाल्डेवेवासनजिकै रहेको अस्पतालमा पीसीआर परिक्षण गराएका थिए। कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका छन् । अलाबा अब कम्तीमा पनि १० दिन टोलीको प्रशिक्षण बाहिर रहनेछन् ।

    अलाबा जर्मन क्लब बायर्न म्युनिखका पुर्व खेलाडी हुन्। उनी यही समरमा फ्रि एजेन्टमा रियल मड्रिडमा अनुबन्ध भएका थिए। अलाबा यो समरमा रियलबाट कोरोना संक्रमण हुने दोस्रो खेलाडी हुन् । यसअघि क्लबका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई कोरोना पुष्टि भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij