Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

योजना आयोगका पदाधिकारीको सपथ आज

योजना आयोगका पदाधिकारीको सपथ आज

  • श्रावण १४, २०७८ बिहिवार ०९:५९ बजे
  • 470
    SHARES
  • योजना आयोगका पदाधिकारीको सपथ आज

    काठमाडौं– राष्ट्रिय योजना आयोगका पदाधिकारीको सपथ ग्रहण आज (बिहीबार) बिहान हुने भएको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका उपाध्यक्षसहितका पदाधिकारीलाई बिहीबार बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गराउने छन्। 

    यसअघि प्रधानमन्त्री देउवाको अध्यक्षतामा गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको थियो।

    त्यस्तै आयोगको सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरिएको छ। योजना आयोगको अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij