Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व संकलन

मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व संकलन

  • 200
    SHARES
  • मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व संकलन

    मुस्ताङ । यहाँको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व संकलन गरेको छ ।

    गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरलानाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो ।

    यो नाका भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएको दुई हप्तामै राजस्व संकलनमा निकै सुधार आएको कार्यायल प्रमुख रमेश खड्काले जानकारी दिए ।

    उनले दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको बताए । यसैगरी यहाँबाट भित्रिएका ३११ वटा मालवाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास सम्पन्न भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्काले बताए ।

    भन्सारमा चीनबाट मालवस्तु ढुवानी गरी नेपाल भित्रिएका ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको छ । ठूलो परिमाणमा मालवस्तु आयात हुँदा यस नाकाबाट हालसम्म पाँचवटा मालवस्तु कन्टेनर मात्र चीनतर्फ निकासी भएका छन् । भन्सार प्रमुख खड्काले नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको जानकारी दिए ।

    चीनबाट मालसामान आउने क्रम जारी रहेकाले विभागले दसैंको टीकाको दिनबाहेक अन्य समयमा भन्सारको कार्यसम्पादन जारी रहने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # मुस्ताङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij