Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाढीले भत्काएको हुलाकी सडक नबन्दा हजारौं जनताले दुःख पाए, बाटाे हिड्न चर्काे शुल्क

बाढीले भत्काएको हुलाकी सडक नबन्दा हजारौं जनताले दुःख पाए, बाटाे हिड्न चर्काे शुल्क

  • 165
    SHARES
  • बाढीले भत्काएको हुलाकी सडक नबन्दा हजारौं जनताले दुःख पाए, बाटाे हिड्न चर्काे शुल्क

    सर्लाही । अविरल वर्षाका कारण आएको बाढीले भत्काएको कोडेना गाउँपालिकामा पर्ने हुलाकी सडक तीन दिनसम्म बन्न सकेको छैन् ।  सडक नबन्दा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ । माैकाकाे फाइदा उठाउँदै बाटाे तार्न चर्काे शुल्क असुल्ने गिराेह सक्रिय भएकाे छ ।

    वर्षापछि लखनदेही नदीमा आएको बाढीले करिब १५ मिटर हुलाकी सडक भत्काएर झण्डै १० फिट गहिरो खाल्डो बनेको छ । सडक नबन्दा सवारी साधन चल्न सकेको छैन । हाल बाँस र काठकाे प्रयाेगबाट लच्का जस्तो बनाएर पैदल यात्रु हिड्‌न मिल्ने र मोटरसाइकल सम्म डोर्याएर लान मिल्ने बनाइएको छ । स्थानीयले बनाएको उक्त काम चलाउ सडक हिडेबापत पैदलयात्रुबाट १० रुपैयाँ र मोटरसाइकल पार गराएको सय रुपैयाँसम्म शुल्क असुलिएकाे छ । बाढीले बाटाे भत्काउँदा कष्टमा परेका जनतासँग बाटाे तार्न भनेर अबैध असुली सुरू गरिँदा समस्या थपिएकाे छ । 

    सदरमुकाम मलंगवा र भारतीय सीमावर्ती कयौँ गाउँलाई जोड्ने यो हुलाकी सडक बाढीले भत्किएपछि धेरै नागरिक समस्यामा परेका छन् । यसले दैनिक यात्रु, विद्यार्थी र व्यापारीहरूलाई ठूलो असुविधा पुर्याएको छ । मधेसजस्ताे सहज ठाउँमा पनि लामाे समय सडक नबन्नु दुःखद भएकाे स्थानीयकाे गुनासाे छ।

    गाउँपालिका अध्यक्ष रूपेश कुमार यादवले तत्काल सडक बनाउनका लागि जिल्ला प्रशासन र हुलाकी सडक आयोजनासँग निरन्तर समन्वय भइरहेको बताए । ‘तत्कालीन रूपमा गाउँपालिकाले आवागमन सञ्चालनको प्रयास गरिरहेको छ,’ उनले भने, ‘स्थायी रूपमा सडक पुनर्निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिरहेका छौँ ।’

    सोमबार पालिका अध्यक्ष यादवसहित प्रदेश सभा सदस्य एवं पूर्व यातायात मन्त्री कौशल किशोर रायलगायतका नेताहरूले सडकको अनुगमन गरेका थिए । सो क्रममा उनीहरूले सडक केही दिनमै बन्ने बताएका थिए ।

    सडक भत्कँदा जनताले दुःख पाएको उल्लेख गर्दै पालिका अध्यक्ष यादवले हुलाकी सडक आयोजनाले नबनाएर पालिकाले तुरुन्तै सडक बनाउने बताए । ‘हामी सम्बन्धित निकायको जवाफ पर्खिरहेका छौँ,’ अध्यक्ष यादवले भने, ‘उनीहरूले बनाएर तुरुन्तै हामी बनाउँछौँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij