Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कुवेत विरुद्ध ब्याटिङ गर्दै नेपाल

कुवेत विरुद्ध ब्याटिङ गर्दै नेपाल

  • 102
    SHARES
  • कुवेत विरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आइसिसी टि–ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

    ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ १ मा भर्खरै भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।

    टि–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत हालसम्म तीन पटक आमनेसामने भएका छन् ।  जसमा नेपालले दुई खेल जित्दा कुवेतले एक खेल जितेको छ । आजको खेलमा नेपालका करण केसीलाई बेञ्चमा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुवैलाई खेलाएको छ । 

    नेपालको प्लेइङ्ग ११ मा कप्तान रोहित पौडेलसहित विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने छन् ।

  • सम्बन्धित विषय:

  • # कुवेत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij