Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु

सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु

  • 99
    SHARES
  • सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु

    सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पको टोकाइबाट ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स्थानीय रविन्द्र यादवकी श्रीमती नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले तुरुन्त अस्पताल लैजानुको साटो नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।
    झारफुकपछि पनि अवस्था गम्भीर बनेपछि मात्र उनलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृत अवस्थामा ल्याइएकी नयनदेवीलाई सर्पदंश विरुद्धको एन्टीस्नेक भेनम चढाउन पाइएन । मृत घोषणा गरिएपछि पनि परिवारका सदस्यले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ पुराएपछि बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान भनिएको थियो। प्रत्येक वर्ष सर्लाहीमा सर्पदंशका कारण मृत्यु हुने घटनामा समयमै उपचार नपाउने र धामीझाँक्रीको भर पर्ने प्रवृत्तिले ठूलो जोखिम थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

  • सम्बन्धित विषय:

  • # सर्पदंश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij