वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
यसदिन सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीवार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तीन हजार २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij