Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसान फेरि आए काठमाडौं

उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसान फेरि आए काठमाडौं

  • 579
    SHARES
  • उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसान फेरि आए काठमाडौं

    काठमाडौं । उखु उद्योगले बाँकी रकम नदिएपछि किसानहरु आन्दोलनका लागि काठमाडौं आएका छन् ।

    सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि एउटै विषय लिएर पाँचौ पटक काठमाडौं आएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।

    ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको समितिका सचिव हरेश्याम राय यादवले दाबी गरे ।

    ‘हामीलाई सरकार र उद्योगी दुवैले झुलाए ६ वटा मिलबाट ४१ करोड रुपैयाँ अझै भुक्तानी पाउन बाँकी छ,’ सचिव रायले भने, ‘सरकारलाई हाम्रो बक्यौता उठाइदेऊ भन्न चाहान्छौं, सकेसम्म प्रधानमन्त्रीलाई भेटेर किसानको गुनासो सुनाउन चाहान्छौं ।’

    सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने समितिले जनाएको छ ।

    pkhu kisan..jpg

    ukhukisan.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij