Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

  • 123
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij