वेबटिभी खबर
काठमाडौं । बिहीबार देशभर ३ हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ५५५ जनाको पीसीआर गर्दा २३ सय ३५ र ४ हजार ६८७ को एन्टीजेन परीक्षण गर्दा १,०३० व्यक्तिमा संक्रमणपुष्टि भएको हो ।
आज १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको संक्रमणको कारणले निधन भएको छ ।
हालसम्म पिसिआर विधिबाट ६ लाख ९० हजार ६४२ जना र एन्टिजेन ५९ हजार ३८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।
यससँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । संक्रमणका कारणले ९ हजार ८०७ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij