Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच जनाको मृत्यु

कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच जनाको मृत्यु

  • 477
    SHARES
  • कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच जनाको मृत्यु

    दमक । झापामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

    मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

    यससँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मंगलबार झापामा चार जनाको मृत्यु भएको थियो ।

    कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा संक्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताए ।

    झापामा कोरोना संक्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij