Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

त्रिदेशीय फुटबल प्रतियोगिता : नेपालसँग भारत पराजित

त्रिदेशीय फुटबल प्रतियोगिता : नेपालसँग भारत पराजित

  • 117
    SHARES
  • त्रिदेशीय फुटबल प्रतियोगिता : नेपालसँग भारत पराजित

    काठमाडौं । नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलमार्फत नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।

    सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई  पहिलो अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

    त्यसपछि खेलको ६३औँ मिनेटमा सावित्राले नेपालको लागि दोस्रो गोल गरिन् । तर ८१औँ मिनेटमा करिश्मा सिरभोकरले भारतको लागि एक गोल गरिन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत नेपालको जित भयो ।

    यस जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप-विजेता बनेको छ । नेपालले पहिलो खेलमा इरानसँग ३-० को हार बेहोरेको थियो । पहिलो खेलमा इरानसँग २-० ले पराजित भएको भारतले कुनै पनि अंक जोड्न सकेन ।

  • सम्बन्धित विषय:

  • # फुटबल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij