वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।
आज सुन घटेर प्रतितोला २ लाख ३७ हजार रुपैयाँ निर्धारण भएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी तोलामा ६० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij