Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मैत्रीपूर्ण महिला फुटबल : नेपालसँग भारत पराजित

मैत्रीपूर्ण महिला फुटबल : नेपालसँग भारत पराजित

  • 85
    SHARES
  • मैत्रीपूर्ण महिला फुटबल : नेपालसँग भारत पराजित

    काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई  टाइब्रेकरमा पराजित गरेको छ । भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा आज सम्पन्न खेलमा नेपालले  घरेलु टोली भारतलाई टाइब्रेकरमा ३-० ले हराएको हो ।

    टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो । नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै रोकिन् । दोस्रो पेनाल्टी भने बाहिरिएको थियो ।

    त्यसअघि दुवै टोलीले खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा खेलेका थिए । खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो ।

    खेलको ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गरिन् । त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij