Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कांग्रेस बैठक अघि शेखर कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

कांग्रेस बैठक अघि शेखर कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

  • 145
    SHARES
  • कांग्रेस बैठक अघि शेखर कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

    काठमाडौं । पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

    कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गर्नुभएको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

    कांग्रेसको महाधिवेशन तालिकालाई लिएर विवाद चर्किएपछि डा. कोइरालाले सक्रियता जनाएका हुन् । केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि कोइरालाले सहजीकरण गरेका हुन् । बैठक १ बजेका लागि तय गरिएको छ । कांग्रेसभित्र महाधिवेशन फागुन २१ को निर्वाचन अघि वा पछि गर्ने भन्ने विषयमा विवाद बढेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij