वेबटिभी खबर
काठमाडौं । ललितपुर महानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ ।
खोप कार्यक्रम २९ वटै वडाका विभिन्न खोप केन्द्रमार्फत सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १८ गते सोमबारदेखि जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij