Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विपन्न नागरिकलाई तत्काल राहत कार्यक्रम घोषणा गर्न डिला संग्रौलाको माग

विपन्न नागरिकलाई तत्काल राहत कार्यक्रम घोषणा गर्न डिला संग्रौलाको माग

  • 538
    SHARES
  • विपन्न नागरिकलाई तत्काल राहत कार्यक्रम घोषणा गर्न डिला संग्रौलाको माग

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले विपन्न अवस्थाका नागरिकलाई तत्काल राहत कार्यक्रम घोषणा गर्न सरकारसमक्ष माग गरेकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले यस्तो माग राखेकी हुन् । 

    ‘सम्माननीय शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि जनताको अपेक्षा पनि बढेको छ । कोरोना महामारीका कारण लाखौं जनताले रोजगारी गुमाएका छन् । लाखौं बालबालिकाले पढ्न पाएका छैनन्,’ उनले भनिन्, ‘सरकारले कोभिड विरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गर्दछु ।’

    कोरोना संक्रमणका कारण घरेलु हिंसा, महिला विरुद्ध हिंसाका घटनाहरु बढेकाेतर्फ पनि उनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छिन् ।

    प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेको र तीमध्ये करिब १० जना भेटिने तथ्यांक सुनाउँदै उनले समाजमा शान्ति, सुरक्षा कायम राख्न आग्रह गरेकी छिन् । ‘नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु,’ उनले भनिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij