Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संसदमा भीम रावलको फरक मत- एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती कदम

संसदमा भीम रावलको फरक मत- एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती कदम

  • 683
    SHARES
  • संसदमा भीम रावलको फरक मत- एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती कदम

    काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधन नगरी अनुमोदन गरिनु राष्ट्रघाती कदम हुने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले एमसीसीसँगै भएका अन्य सहायक सम्झौता पनि सार्वजनिक गर्न माग गरे ।

    ‘एमसीसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक होस् । त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ,’ एमाले उपाध्यक्षसमेत रहेका रावलले भने ।

    देशको अस्मिता, सार्वभौमसत्ता र सामरिक महत्वसँग जोडिएर एमसीसी आएकाले त्यसलाई यत्तिकै स्वीकार गर्न नसकिने रावलले बताए । ‘यसमा रहेका प्रावधान हटाएर, संशोधन गरेर अनुमोदन गर्नुपर्छ । त्यो कुनै सामरिक कुरासँग जोडिएर आउनु हुँदैन । यसमा भएका गोप्य सम्झौता बाहिर ल्याउन जरुरी छ,’ उनले भने ।

    सरकारले आवश्यक खोजविन र छलफल नै नगरी उक्त परियोजनाको पक्षमा रेडियो र टेलिभिजनबाट विज्ञापन बजाएर जनतामा भ्रम छरिरहेको रावलले दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij