Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा सक्रिय संक्रमितको संख्या बढेर चार लाख नाघ्यो 

भारतमा सक्रिय संक्रमितको संख्या बढेर चार लाख नाघ्यो 

  • 707
    SHARES
  • भारतमा सक्रिय संक्रमितको संख्या बढेर चार लाख नाघ्यो 

    नयाँ दिल्ली । भारतमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर चार लाख नाघेको छ ।

    केही दिनयता भारतमा दैनिक थपिने संक्रमितको संख्या चिन्ताजनक रुपमा बढेको छ । त्यसको तुलनामा निको हुने संख्या कम देखिएको छ ।

    कोरोनाको दोस्रो लहरबाट आक्रान्त बनेका भारतले पछिल्लो समय केही राहत महशुस गरेको थियो । तर, फेरि दैनिक संक्रमितको संख्या बढ्दै जाँदा चिन्तासमेत थपिएको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ४९५ नयाँ संक्रमित थपिएका छन् । जवकी यो अवधिमा ३७ हजार ३०७ जना मात्र निको भए । त्यसैगरी ५९८ जनाको संक्रमणकै कारण निधन भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हाल भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २ हजार पुगेको छ । केही दिनयता भारतमा सक्रिय संक्रमित चार लाखभन्दा कम थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij