एजेन्सी– प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ । बायर्नको मैदानमा शनिबार भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३–० गोलले पराजित भएको हो।
नापोलीको जितमा भिक्टर ओसिम्हेनले दुई र जिनेदिन माचाकले एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
७१ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ८५ औं मिनेटमा जिनेदिनले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij