वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर आइतबार २ हजार २० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारणले १८ जनाको निधन भएको छ ।
हालसम्म नेपालमा ७ लाख ५९ हजार ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ८७५ जनाको संक्रमणको कारणले निधन भएको छ ।
नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij