Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

वीर अस्पतालमा लाठीचार्ज

वीर अस्पतालमा लाठीचार्ज

  • 563
    SHARES
  • वीर अस्पतालमा लाठीचार्ज

    काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा आइतबार प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ ।

    आफ्ना मागका बारेमा अस्पतालका प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसँग छलफल गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीले आरोप लगाएका छन् । 

    प्रहरीले लाठीचार्ज गर्दा केही स्वास्थ्यकर्मी र कर्मचारी घाइते भएको वीर अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुमराज आचार्यले बताए । अस्पतालको सेवामा कुनै सुधार नभएको, आफुहरुले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलित भएका थिए । जायज माग राख्दा दमन गरेको भन्दै प्रशासकीय अधिकृत र प्रहरीले माफी नमागेसम्म प्रदर्शन नरोकिने आचार्यले चेतावनी दिए ।


    स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनका कारण अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीहरुले आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले दावी गरेका छन् । 

    bir2.jpgniirhospital.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij