वेबटिभी खबर
काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा शिक्षकहरूले देशभर धर्ना दिएका छन् । शुक्रबार विभिन्न पेशागत र नीतिगत माग राख्दै शिक्षकहरूले देशभर प्रदर्शन गरेका छन् ।
महासंघले ३४ बुँदे माग गर्दै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको छ । शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै शिक्षकका लागि अस्पतालको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।
यस्तै राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवारबढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका माग राखी नेपाल शिक्षक महासंघका केन्द्रिय स्तरका पदाधिकारीहरु माइतिघर मन्डलामा रिले अनसनमा बसेका छन् भने अन्य सम्पुर्ण स्थानीय निकायहरुमा पनि रिले अनसन बसिरहेका छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij