Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बेन्जेमाले रियलसँग सम्झौता नविकरण गर्न मानेनन् 

बेन्जेमाले रियलसँग सम्झौता नविकरण गर्न मानेनन् 

  • श्रावण १९, २०७८ मंगलवार ०९:३४ बजे
  • 477
    SHARES
  • बेन्जेमाले रियलसँग सम्झौता नविकरण गर्न मानेनन् 

    एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले सम्झौता नविकरण गर्न अस्विकार गरेका छन्। फ्रेन्च फवार्डले क्लबले गरेको सम्झौता नविकरणको प्रस्ताव अस्विकार गरेका हुन्। 

    रियलले बेन्जेमालाई सन् २०२४ सम्म क्लबमै रहनेगरी सम्झौता नविकरणका लागि प्रस्ताव गरेको थियो । तर, उनले रियलको त्यो प्रस्ताव अस्विकार गरेको स्पेनिस मिडियाले जनाएका छन्। सन् २०२२ सम्म रियलमा सम्झौता रहेको बेन्जेमाले एक वर्षमात्रै सम्झौता नविकरण गर्ने बुझिएको छ ।

    ३३ वर्षीय बेन्जेमाले उमेर बढ्दै गएको र आफ्नो प्रदर्शनमा गिरावट आउन सक्ने बुझेका छन् । यसले क्लब र समर्थक दुवै पक्षमा घाटा हुन सक्ने बताउँदै क्लबको प्रस्ताव अस्विकार गरेका हुन्। बेन्जेमाले यसअघि पाउँदै आएको तलबमा २०२१–२२ सिजनका लागि १० प्रतिशत र २०२२–२३ को सिजनका लागि १५ प्रतिशत कटौती गर्ने क्लबको प्रस्ताव समेत स्विकार गरेका छन् ।

    सन् २०१० यता रियलमा रहेका बेन्जेमाले १२ सिजन सिजन बिताउँदा उनले रियलबाट ५५९ खेलमा २७९ गोल गरेका छन् ।

    बेन्जेमाले रियलबाट चार च्याम्पियन्स लिग, चार फिफा क्लब विश्वकप, तीन ला लिगा, तीन युइएफए सुपरलिग र समान दुई कोपा डेल रे र स्पेनिस सुपर कोपा जितेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij