Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा

  • 511
    SHARES
  • काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा

    काठमाडौं । काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ ।

    सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । 'पहिलेकै निर्णयहरूलाई कडाइका साथ पालना गर्ने गरी एक हप्ता निषेधाज्ञा थपेका छौं,' उनले भने ।

    मंगलबारमात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो । अहिलेको निषेधाज्ञाले सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरीलगायत भीडभाड हुने ठाउँ खोल्न प्रतिबन्ध लगाएको छ । 

    शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

    औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् । रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij