वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज विहान ११ बजेका लागि आह्वान गरिएको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो । केन्द्रीय कमिटीका सबै सदस्य काठमाडौंमा भेला हुन तत्काल सम्भव नदेखिएकाले भोलिसम्मका लागि बैठक स्थगित गरिएको बताइएको छ ।
सत्तागठबन्धनलाई साथ दिँदै पार्टी एकतालाई पनि सँगै अघि बढाउन छलफलका लागि नेपालले आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् । स्थायी कमिटीमा पटक–पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि नेपालले केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने योजना बनाएका हुन् ।
नेपालपक्षले मन्त्रीको नाम टुंगो नलगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा अफ्ट्यारो भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij