Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

  • 580
    SHARES
  • सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

    बझाङ । गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ ।

    सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

    वर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँ पहिराको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क रहनसमेत चौधरीले आग्रह गरे । 

    सोही पहिराका कारण सुर्मा-२ को सेनडोगडी विद्युत् प्रालिको पावरहाउस पनि जोखिममा छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij