Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

भदौ २३ पछि शेरबहादुर देउवालाई सभापति नमान्ने पौडेल पक्षकाे चेतावनी

भदौ २३ पछि शेरबहादुर देउवालाई सभापति नमान्ने पौडेल पक्षकाे चेतावनी

  • 986
    SHARES
  • भदौ २३ पछि शेरबहादुर देउवालाई सभापति नमान्ने पौडेल पक्षकाे चेतावनी

    काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ गतेपछि शेरबहादुर देउवालाई सभापति नमान्ने चेतावनी दिएको छ । आगामी भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको पार्टीको १४ औँ महाधिवेशन नहुनेतर्फ घटनाक्रम अघि बढेपछि पौडेल पक्षले महाधिवेशनका लागि दबाब सिर्जना गरेको हो ।

    चार वर्षका लागि सभपातिमा निर्वाचित भएका सभापति देउवाले पार्टी विधानले दिएको एक वर्ष र संविधानले दिएको थप ६ महिना कार्यकाल पूरा गर्दा पनि १४ औँ महाधिवशेन अनिश्चित भएको ठहर गर्दै पौडेल पक्षले भदौ २३ पछि देउवालाई सभापति स्वीकार नगर्ने चेतावी दिएको हो ।

    बिहीबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले देउवा नेतृत्वको कार्य समितिलाई नमान्ने बताएको बैठक सहभागी एक नेताले जानकारी दिए ।  ती नेताकाअनुसार अझै पनि महाधिवेशन हुने आधार तयार भइसकेको छैन ।

    निर्धारित कार्यतालिका भत्किएको छ । तथापी चाँडो कार्यतालिका ल्याएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्न अन्यथा हामी अब पनि केन्द्रीय समिति भनेर स्वीकार  गर्दैनौँ । छलफलमा पौडेलसँगै नेताहरु सिंह, महामन्त्री शशांक कोइराल, अर्जुन नरसिंह केसी, बलबहादुर केसी र मिनेन्द्र रिजाल सहभागी थिए।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij