Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

देशव्यापी मास्क अभियान सञ्चालन गर्दै सरकार

देशव्यापी मास्क अभियान सञ्चालन गर्दै सरकार

  • 609
    SHARES
  • देशव्यापी मास्क अभियान सञ्चालन गर्दै सरकार

    काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २३ देखि २९ साउनसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न लागेको हो । 

    जनस्वास्थ्यमा मापदण्डमा लापरवाही गरिरहेको र धेरैले मास्क लगाउन समेत अटेर गरिरहेकाले स्वास्थ्यको मापदण्ड र मास्कको महत्व बुझाउन अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    यसकासाथै उनले जनस्वास्थ्यका मापदण्ड पालना गरि एक जिम्मेवार नागरिकको कर्तव्य निभाउन पनि आग्रह गरेका छन् । अभियानको मुख्य सन्देश ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि लगाउन प्रेरित गर्छु’ भन्ने रहेको छ ।

     

    225880003_1207369586418225_5654174133768643378_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij