Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भूमि आयोग खारेजीविरुद्ध युवा संघको प्रदर्शन

भूमि आयोग खारेजीविरुद्ध युवा संघको प्रदर्शन

  • श्रावण २१, २०७८ बिहिवार १८:३० बजे
  • 521
    SHARES
  • भूमि आयोग खारेजीविरुद्ध युवा संघको प्रदर्शन

    काठमाडौं । भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्नका लागि गठन गरिएको भूमि आयोग खारेज गरिएको भन्दै एमाले सम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार विरोध प्रदर्शन गरेको छ । 

    संघले काठमाडौंको मनोहरास्थित सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने निर्णयको विरोध गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो व्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

    प्रदर्शनकारीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न खोज्दा वर्तमान सरकारले त्यसलाई खारेज गरेर जनघाती काम गरेको आरोप लगाएका छन् । उनीहरुले सरकारको जनघाती कामलाई सहेर बस्न नसक्ने चेतावनी दिए ।  यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

    yuba sang1.jpg

    yuba sang3.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij