वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता भीम रावलले पार्टी एकताका लागि तयार गरिएको १० बुँदे सम्झौतालाई हलुका रुपमा नबुझ्न आग्रह गरेका छन् । बिहीबार काठमाडौंस्थित बुद्धनगरमा आयोजित केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै रावलले यस्तो बताएका हुन् ।
२७ असारमा तय भएको १० बुँदे सहमति नै पार्टी एकताको आधार तभएकाले यसको मर्मलाई गम्भीर रुपमा लिन उनले बैठकमा उपस्थित सबै सदस्यसँग अनुरोध गरे । ‘१० बुँदेमा टेकेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ । पार्टी विभाजनमा जाने कुरा कसैले गर्न हुँदैन,’ रावलले भने ।
उनले जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछिमात्र सदस्यता नवीकरणलगायतका कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई जानकारी गराइसकेको उल्लेख गरे । आजको बैठकले नेपालपक्ष सरकारमा जानेबारे निर्णय गरेको छैन । केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij