वेबटिभी खबर
काठमाडौं । कोभिड– १९ संक्रमणको जोखिमलाई न्युनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरुले उल्लंघन गरेपछि विभिन्न परीक्षामा सहभागी विद्यार्थीहरु विरोधमा उत्रिएका छन् ।
ललितपुरस्थित पाटन क्याम्पसमा परीक्षामा सामेल हुन पुगेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीहरुलाई ज्वारो मापन गर्ने, मास्क र सेनिटाइजर लगाउने, भौतिक दुरी कायम गर्नेजस्ता स्वास्थ्य मापदण्ड नै पुरा नगरी परीक्षा हलमा प्रवेश दिएपछि उनीहरुले क्याम्पस प्रशासनविरुद्ध प्रदर्शन गरेका हुन् ।
‘भौतिक दुरी नै कायम नगरी एउटै कक्षामा ६० जना विद्यार्थी राखिएको छ । परीक्षा केन्द्रभरमा ८ सय विद्यार्थीको उपस्थिति छ । कोरोना संक्रमणको तेस्रो लहरको त्रासबीच पाटन क्याम्पस प्रशासनको यस्तो लापरबाहीले विद्यार्थीलगायत परीक्षाहलमा सहभागी सबैको स्वास्थ्यमाथि भम्भीर खेलवाड भएको छ,’ विद्यार्थी मनोज खतिवडाले भने, ‘ न टेम्पेरेचर नापिएको छ न ज्वरो आउने विद्यार्थीलाई छुट्टै परीक्षा हलको व्यवस्था छ । यसरी क्याम्पस प्रशासले हाम्रो स्वास्थ्यमाथि खेलवाड गरेपछि हामी आन्दोलित भएका हौं ।’
सबै परीक्षा केन्द्रहरुले स्वास्थ्य मापदण्ड पुरा गरेरमात्र परीक्षा लिन उनीहरुले सरकारसमक्ष माग गरेका छन् । ‘मानव स्वास्थ्यमाथिको यो ज्यादतिविरुद्ध परीक्षा दिनु आधा घन्टाअगाडि विराध स्वरुप हामीले पाटन क्याम्पसमा सांकेतिक प्रदर्शन गरेका हौं,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij