Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले नेपालपक्षको केन्द्रीय कमिटी बैठक जारी

एमाले नेपालपक्षको केन्द्रीय कमिटी बैठक जारी

  • 583
    SHARES
  • एमाले नेपालपक्षको केन्द्रीय कमिटी बैठक जारी

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकवेटमा जारी छ । बिहीबार सुरु भएको बैठकको दोस्रो दिन आज बाँकी केन्द्रीय सदस्यहरूले पार्टी एकता वा विभाजनको सन्दर्भमा आ–आफ्ना धारणा राख्ने कार्यसुची छ । 

    बैठकमा ७० जनाभन्दा बढी सदस्य सहभागी रहेको बताइएको छ । बिहीबार पहिलो दिनको बैठकमा सबैजसो केन्द्रीय सदस्यहरुले पार्टी एकता र सरकारमा सहभागिता बारेमा निष्कर्षरहीत सुझाव दिएपछि बैठककले पूर्णता पाउन नसकेको हो ।

    सोही बैठकको निष्कर्षलाई पूर्णता दिनका लागि शुक्रबार पनि बैठक बसेको हो । केन्द्रीय सदस्य डा. विजय पौडेल, बलराम बाँस्कोटा, झपट रावल, रामकुमारी झाँक्री, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, सविता भुसाल, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतले पार्टी एकता वा सरकारमा सहभागिताबारेमा स्पष्ट विचार नराखेपछि हिजोको बैठकले निष्कर्ष निकाल्न नसकेको हो । 

    बिहीबार बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव नेपालले पार्टी एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी गराएका थिए । आजको बैठकको निष्कर्ष आइसकेको छैन । बैठक हलमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij