Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कक्षा १२ को बोर्ड परीक्षा २६ जेठदेखि  

कक्षा १२ को बोर्ड परीक्षा २६ जेठदेखि  

  • फाल्गुण २५, २०७७ मंगलवार १६:१४ बजे
  • 969
    SHARES
  • कक्षा १२ को बोर्ड परीक्षा २६ जेठदेखि  

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा २६ जेठदेखि सञ्चालन गर्ने भएको छ  । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको परीक्षा बोर्डको अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

    परीक्षा २६ जेदेखि ४ असारसम्म चल्नेछ  । कोभिड-१९ महामारीका कारण गत वर्षको कक्षा १२ र कक्षा ११ को परीक्षा बोर्डले मंसीर र पुस महिनामा आआफ्नाे विद्यालय र कलेजमा संचालन गरेको थियो । 

    उत्तरपुस्तिका परीक्षण समेत सम्वन्धित विद्यालय र कलेजले परीक्षण गरी प्राप्तांक बोर्डलाई बुझाएका थिए । सो को आधारमा परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरिसकेको छ भने ११ को प्रकाशनको क्रममा छ ।

    सरकारले यस वर्षको शैक्षिकसत्र दुई महिना पर धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिकसत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ । 

     

  • सम्बन्धित विषय:

  • # परीक्षा
  • # कक्षा १२

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij