Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

  • 772
    SHARES
  • चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

    काठमाडौं । नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन् । 

    images

    कोरोना महामारीका बेला चीनको वुहान शहरबाट फर्केका नेपाली विद्यार्थीले आज आयोगको कार्यालय अगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए । 

    यसअघि हिजो नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका उनीहरुले कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेको अवस्थामा नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् । 

    नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरोकार पक्षसँग पटक-पटक ध्यानाकार्षण गराएको बताउदै उनीहरुले आफूले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालयसमेतले आफ्नै देशमा इन्टर्नसिप गर्न भने पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाइ छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology