श्रीमती आफ्नो कपाल
ठूटो पारी काटिन् ।
आफ्नो श्रीमानलाई पनि
अरु सङ्गै साटिन् ।
प्रजातान्त्र उनलाई आयो
सबैभन्दा बढी ।
म्याक्स लगार्इ हिँड्ने गर्छिन्
स्कुटर पनि चढी।
दुवै ओठमा कालो पालिस
आँखामाथि नीलो ।
बेल बटम लाउने गर्छिन्
आएछ लौ पिलो ।
ऐय्या आधु गर्दै हिँड्छिन्
आजभोलि काममा ।
नोट पाए राख्ने गर्छिन्
आफ्नै उही खाममा ।
अस्ति एउटा जुत्ता किनिन्
एक कुरिच अग्लो ।
लुगा सबै छोटा भए
कुनै छैन सग्लो ।
घ्याम्पोजत्रो भुँडी हल्लार्इ
गुडी दिन्छिन् सलल ।
श्रीमान् भने बाहुन परे
उनी खोज्छिन् मल्ल ।
बिहान् हिँड्या अफिस उनी
आइपुगिन् बल्ल ।
न्यु ब्रान्ड बाइक चढी
सज्जन शीत सल्ल ।
नोटको बिटा बोकी उनी
बनी निकै झल्ल ।
क्यान्सर उनको साथी थियो
एड्स पनि ल्याइछिन् ।
यत्ति काम गर्न उनले
कसरी पो भ्याइछिन् ।
आधुनिक श्रीमती हुन्
मिलार्इ हालिन टाइम ।
हिप्पी सिप्पी फेला पारिन्
भइहाल्यो क्राइम ।
दस वर्ष आयु उनको
कति छ र बाँच्नु ।
पाको बेला किन भाइ
जोडले न नाँच्नु ?
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij