Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मन

मन

  • 2.2K
    SHARES
  • मन

    धेरै चोटि अनुनय गरेँ
    धेरै सम्झाएँ
    अहँ ! सुन्दै सुनेन
    कति चोटि भनेँ
    भो सपना नदेख 
    सपना टुट्दा आखिर टुट्ने तँ नै होस्  !
       
    इन्द्रेणीजस्ता रङ्गीचङ्गी सपनाहरू
    तेरो लागि होइन 
    त्यो सगरमा उदाएको जून तेरो लागि होइन 
    तेरो लागि त त्यो निस्कपट अँध्यारो हो 
    त्यही अँध्यारोमा तैँले आफ्ना
    गुम्सिएका पीडाहरूमा निर्जीव भित्ताहरूलाई 
    साक्षी राखेर बर्सनु छ
    सिरानीभरि पोखिनु छ
    सिसाजस्तै टुक्रनु छ
    छरिनु छ छरपस्ट 
    अनि,
    ती टुक्राका अवशेषहरू  
    बटुल्दै आफैँ उठ्नु पर्नेछ
    तँलाई लाग्दो हो
    कोही हुनेछ जो सहाराको हात दिनेछ
    तँ भ्रममा छस् मन !
    यो दुनियाँ  स्वार्थी छ 
     
    तँ पनि दुनियाँजस्तै बन् 
    सिर्फ आफ्नो खुसी खोज
    आफ्नोलागि मात्र बाँच
    अनि तैँले कहिल्यै दुख्नु पर्दैन
    कहिल्यै अँध्यारो खोज्दै 
    आँसु बगाउनु पर्दैन
    अथाह पीडाहरू गुम्सिँदा
    जल्नु पर्दैन 
    मन,
    अब तँ पनि स्वार्थी हुनुपर्छ
    बुझिस् !

     

  • सम्बन्धित विषय:

  • # कविता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij