Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने एक कारागार चलान

एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने एक कारागार चलान

  • 682
    SHARES
  • एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने एक  कारागार चलान

    काठमाडौं । किर्ते गरी मोरङको उर्लाबारीको एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने एक जना महिला कारागार चलान भएकी छन् । मोरङ उर्लाबारी नगरपालिका-८ की ४५ वर्षीया जानुका भुजेललाई ठगी मुद्दामा मोरङ जिल्ला अदालतको आदेशबाट कारागार चलान भएकी हुन् ।

    जानुका र उनका श्रीमान ५४ वर्षीय शिवकुमार भुजेलविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलासलले जानुकालाई १ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जानुकाले धरौटी बापतको रकम जम्मा गर्न नसकेपछि थुनामा राख्न कारागार चलान गरिएको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले बताए ।

    जानुकाले आफ्नो नाममा दर्ता रहेको जग्गा एक जना व्यक्तिलाई पहिले बेचिसकेको र श्रीमानसँग मिलेर पुनः त्यही जग्गा अर्का व्यक्तिलाई बेच्ने प्रयार गरेको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको हो । भुजेल दम्पत्तिले ०७६ पुस २७ गते राजघाट ७ (ख) कित्ता नम्बर १४४८ र १४५१ नम्बरको १० धुर जग्गा उर्लाबारी–९ की सीतादेवी सुब्बालाई १ लाख ५० हजार रूपैयाँमा बिक्री गरेका थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij