Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मोरङमा निषेधाज्ञा अवधि लम्ब्याइयो

मोरङमा निषेधाज्ञा अवधि लम्ब्याइयो

  • 489
    SHARES
  • मोरङमा निषेधाज्ञा अवधि लम्ब्याइयो

    मोरङ । कोरोना संक्रमण बढ्दै गर्दा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई थप एक साताका लागि निरन्तरता दिएको छ । जिप्रका मोरङका अनुसार साउन २५ गतेदेखि ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा यथावत रहेको छ ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यसबीच बिहान ५ देखि बेलुका ६ बजेसम्मका लागि खाद्यान्न, ग्यास, निर्माण तथा विद्युतीय सामाग्री, पुस्तक र कपडा पसल लगायत सबै प्रकारका पसल स्वास्थ्य मापदण्ड अनुरुप सञ्चालन गर्न सकिने जानकारी दिए ।

    स्वास्थ्य मापदण्डसहित होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने जानकारी दिँदै उनले सेमिनार, गोष्ठी, विवाह, पार्टी प्यालेस, ब्रतबन्ध, भेला लगायतका कार्यक्रम गर्न नपाउने बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij