एजेन्सी – गत २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ। २४ घण्टामा थप २४ हजार २८ जनामा संक्रमण पुष्टि भएको छ। ३९ हजार ८२८ जना निको हुँदा ४४७ जनाको निधन भएको छ।
योसँगै तीन दिन यता नयाँ संक्रमित भन्दा निको हुने धेरै छन्। यो भन्दा पहिला ६ अगस्टमा ३८ हजार ७०५ नयाँ संक्रमित भेटिँदा ४० हजार २६ जना निको भएका थिए। ७ अगस्टमा ३९ हजार ६८ जना नयाँ संक्रमित भेटिँदा ४३ हजार ९३५ जना निको भएका थिए।
यस्तै १४ दिन यताकै सबैन्दा कम संक्रमित गत २४ घण्टामा भेटिएका छन्। यो भन्दा पहिला २६ जुलाईमा ३० हजार ८२० जना नयाँ संक्रमित भेटिएक थिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij