Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जसपा लुम्बिनीका तीन सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जसपा लुम्बिनीका तीन सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  • 655
    SHARES
  • जसपा लुम्बिनीका तीन सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    जसपाको निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नतृत्वको सरकारमा सहभागी भएपछि आफ्ना ३ सांसदलाई कारबाही गरी १५ साउनमा पदमुसक्त गरेपछि उनीहरु पार्टीको कारबाहीविरुद्ध सर्वोच्च गएका थिए । 

    पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि १२ साउनमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसदहरु सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको थियो । 

    साउन १८ गते दर्ता गरिएको रिट साउन १९ को पेसीमा चढेको थियो । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij