Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

शिवरात्रीमा यस्तो छ चक्रपथ आसपासको रुट, केही स्थानमा सवारी निषेध 

शिवरात्रीमा यस्तो छ चक्रपथ आसपासको रुट, केही स्थानमा सवारी निषेध 

  • फाल्गुण २६, २०७७ बुधवार १२:१० बजे
  • 657
    SHARES
  • शिवरात्रीमा यस्तो छ चक्रपथ आसपासको रुट, केही स्थानमा सवारी निषेध 

    काठमाडौं । भोलि महाशिवरात्रीकाे दिन पशुपति आउने भक्तजनको चापलाई व्यवस्थित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधन चल्ने रुटमा हेरफेर गरेको छ । 

    यातायात आवागमन सहज बनाउन महाशाखाले विशेष योजनाका साथ उक्त रुट तयार गरेको हो । धेरै स्थानमा चल्ने सवारीसाधनलाई महाशाखाले नियमित रूपमा राखेको छ भने केही स्थानका रुटमा सवारीसाधनले प्रवेश पाउने छैनन् । 

    शिवरात्रीको दिन चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय महाशाखाले गरेको छ । गौशाला वरपरका चोकमा दर्शनार्थीको चाप बढी देखिने हुँदा सो क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले सूचना जारी गरेको छ । 

    महाशाखाले चावहिल, पुरानो वानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ ।

    यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयवागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

    महाशिवरात्रीको दिन मालबाहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन रोक्नका लागि महाशाखाले मातहतका ट्राफिक प्रभागलाई निर्देशन दिएको छ ।

    हेर्नुस् रुट

    159622295_360827175015839_1523270923105732792_n.jpg

  • सम्बन्धित विषय:

  • # महाशिवरात्री

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij