Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भजन भइरहेकाबेला माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु

भजन भइरहेकाबेला माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु

  • 458
    SHARES
  • भजन भइरहेकाबेला माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु

    जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ स्थित एक घरमा भजनकीर्तन भइरहेको बेला माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु भएको छ ।

    स्थानीय बुलन यादवको घरमा मंगलबार भजनकिर्तन हुँदा माइकबाट आएको करेन्ट लागेर दुई कीर्तनमण्डलीको घटनास्थलमै मृत्यु भएको हो । 

    मृत्यु हुनेमा धनुषाकै लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ ।

    दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij