Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतमा फेरि बढे संक्रमित

भारतमा फेरि बढे संक्रमित

  • 634
    SHARES
  • भारतमा फेरि बढे संक्रमित

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    यो अघिल्लो दिनको तुलनामा मंगलबार १० हजारभन्दा बढी संक्रमित थपिएका हुन् । साेमबार भारतमा २७ हजार ४२१ जना नयाँ संक्रमित थपिएका थिए ।

    साेमबार थपिएकाे दैनिक संक्रमित चाढे चार महिना यताकै सबैभन्दा कम हाे ।

    दैनिक संक्रमित बढे पनि संक्रमणमुक्त हुनेको संख्या भने नयाँ संक्रमितको तुलनामा बढी नै छ । 

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार मंगलबार ३९ हजार ६०९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । त्यसैगरी संक्रमणबाट ४९६ जनाको  निधन भएको छ । 

    हाल सक्रिय संक्रमितको संख्या ३ लाख ८० हजार जना रहेको छ । सक्रिय संक्रमितको संख्या भने सोमबारको तुलनामा घटेको हो ।

    हालसम्म भारतमा ३ करोड २० लाख मानिसमा कोभिड–१९ पुष्टि भइसकेको छ । त्यसैगरि ३ करोड १२ लाख जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ लाख २९ हजार जनाको निधन भएको छ ।

    भारतमा साढे चार महिना यताकै कम संक्रमित  भारतमा साढे चार महिना यताकै कम संक्रमित 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij